सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरमाथि कुरुवाले आक्रमण गरेका छन् ।

सोमबार बिहान प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । रक्तचाप सम्बन्धी बिरामी भएर आइसीयूमा भर्ना भएका धनगढी उपमहानगरपालिका–१३ का रमतर रानाका कुरुवा बसेका छोराले डाक्टर भट्टलाई आक्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले डाक्टरमाथि आक्रमण गर्ने बिरामीका छोरा कुरुवा २४ वर्षीय कृष्ण रानालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

रानाले आईसीयूबाट चेकजाँच गरेर फर्किने क्रममा डाक्टरमाथि आक्रमण गरेका थिए । आक्रमणबाट डाक्टरको चस्मा फुटेको छ भने मुखमा समान्य चोट लागेको छ । राना मानसिक रुपमा अस्वस्थ भएको बुझिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0