पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ। ।

दुर्घटना महाराष्ट्रको राजधानी सहर मुम्बईबाट करिब १८५ किलोमिटर पूर्वमा पुणे जिल्लाको नारायणगाउँ नजिक पुणे–नासिक राजमार्गमा भएको हो ।दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरुलाई नजिकैको अस्पतालमा लगेका थिए ।

प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।भारतमा ओभरलोडिङ, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0