काठमाडौं । नेपालका नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सकहरुको समाजको अध्यक्षमा डा रविन्द्र प्रधानाङ्ग निवार्चित भएका छन् ।
शनिबार काठमाडौंमा भएको अधिवेशनबाट अध्यक्षमा डा.प्रधानाङ्ग निवार्चित भएका हुन् । उपाध्यक्षमा उपाध्यक्षमा डा योगेश न्यौपाने र महासचिवमा डा दिपेश शाक्य निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी , सह सचिवमा डा जिज्ञासा थापा ५४ मत ल्याउने निवार्चित भएकी छिन् भने उनकी प्रतिस्पर्धी डा सुन्दर ढुंगाना ५० ल्याएर पराजित भए।
कोषाध्यक्षमा डा रविभुषण सुवाल ६९ मत सहित निवार्चित हुँदा उनका प्रतिस्पर्धी डा अमित झाले ३८ मत मात्र ल्याएर पराजित भए ।
यस्तै सहकोषाध्यक्षमा डा अरुण अधिकारी ५९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी डा लिजन महर्जन ४६ मत ल्याएर पराजित भएका छन्।
डा महर्जन नेपाल चिकित्सक संघक सहसचिव हुन्।
यसैगरी,सदस्यहरुमा डा.कृपा डंगोल, डा विपिन कोइराला, डा सञ्जय कोइराला डा सञ्जय पौडेल र डा राजिव कुमरा महासेठले निवार्चित भए । भने
डा ओमप्रकाश यादव र डा प्रभात शर्मा पराजित भएका छन्।