काश्मिर । भारतको कश्मीरमा मङ्गलबार भएको बारुदी सुरङ्ग विस्फोटमा कम्तीमा छ जना भारतीय सेनाका सैनिकहरू घाइते भएका छन् ।
कश्मीरको राजधानी श्रीनगर शहरबाट करिब २२२ किलोमिटर दक्षिणपश्चिममा रहेको राजौरी जिल्लाको नौशेरा क्षेत्रको खम्बा फोर्ट क्षेत्र नजिक विस्फोट भएको थियो ।
“एकजना सिपाहीको गल्तिले बारुदी सुरङ्गमा विस्फोट भयो,” स्थानीय समाचार सङ्कलन एजेन्सीले जनाएको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1