सिरहाको गोलबजार नगरपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउंण्ड’ सेवा बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । नगरप्रमुख श्यामकुमार श्रेष्ठले एक कार्यक्रमबीच सेवा उद्घाटन गर्दै नगरपालिकाले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो सुविधा उपलब्ध गराएको बताP ।

“गाउँमै स्वास्थ्य सुविधा सहज बनाउन नगरपालिकाले विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । त्यसैअन्तर्गत यो सेवा सञ्चालनमा ल्याइएको हो”, नगरप्रमुख श्रेष्ठले भन्न], “अब गर्भवती महिलालाई अल्ट्रासाउन्ड गर्न टाढा जानु पर्दैन ।” यो सेवाले मातृ तथा शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने उgले विश्वास व्यक्त गर]।

गर्भावस्थामा उचित जाँचको अभावमा आमा र शिशुको मृत्यु दर बढ्ने हुनाले त्यसलाई न्यूनीकरण गर्न यस सेवाले सहयोग पुग्ने गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले बताP । ग्रामीण भेगका महिलालाई यसबाट प्रत्यक्ष लाभ पुग्ने उgले विश्वास व्यक्त ग/]sf 5g ।

नगर उपप्रमुख मान्ती देवी साहले यो सेवा सञ्चालनसँगै यस भेगका महिला अल्ट्रासाउन्ड गर्न मिर्चैया, लहान र सिरहा सदरमुकामसम्म जानुपर्ने बाध्यता हटेको बताP ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0