काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसरमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।
शुक्रबार दिउँसो साढे २ बजे उपचारका क्रममा अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय प्रदीप तामाङ रहेका छन् ।
उक्त विस्फोटमा परेर ११ जना घाइते भएका थिए । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भिम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा मृत्यु भएको थियो । अन्यको उपचार कुर्तिपुर अस्पतालमा भई रहेको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1