गण्डकी । गण्डकी प्रदेश सरकारले बनाउने भनेको आयुर्वेद चिकित्सालय अब पोखरा–२६ संघीय सरकार आफैंले बनाउने भएको छ । यसअघि गण्डकी प्रदेशले २५ बेडको अस्पताल बनाउने भन्दै संघीय सरकारबाट जग्गा प्राप्तिसमेत गरिसकेको थियो ।
तर संघीय सरकारले सातै प्रादेशिक आयुर्वेदिक चिकित्सालय बनाउने नीति लिएपछि गण्डकी प्रदेश सरकारले आफूले बनाउने भनेको अस्पताललाई नै एक सय बेडको बनाउनका लागि पत्राचार गरेको हो ।

पोखरा–२६ को चापाकोचौर भन्ने स्थानमा बन्न लागेको प्रादेशिकस्तरको आयुर्वेद चिकित्सालयका कारण स्थानीयमा खुसीसमेत छाएको वडाध्यक्ष नरेन्द्र थापाले बताए । संघीय सरकारले यो वर्ष आयुर्वेद चिकित्सालय निर्माणका लागि चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन भएको छ भने कुल लागत ६० करोड रुपैयाँ अनुमान गरिएको छ ।

चिकित्सालयका लागि २५ रोपनी जग्गा उपलब्ध भइसकेको, र थप १० रोपनी जग्गाका लागि स्थानीयसँग सुनिश्चितता गरिएको पनि वडाध्यक्ष थापाले जानकारी दिए ।

सुविधा सम्पन्न १ सय बेडको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरी टेन्डर प्रक्रियाअगाडि बढाउन लागेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

चिकित्सालय निर्माणका लागि आवश्यक सबैखाले तयारी र प्रक्रिया पूरा भएको पौडेलको भनाइ छ । ‘१० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेलगत्तै सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माणको बोलपत्र आह्वान हुन्छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0