निजामती कर्मचारी (सिभिल) अस्पतालको निर्देशकमा प्रा डा मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् ।

निजामती कर्मचारी अस्पताल विकास समितिको बुधबार बसेको बैठकले डा। रेग्मीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।सिभिल अस्पतालमै कार्यरत डा। रेग्मी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।

यसअघि छनोट समितिले लोक सेवा आयोगको विधि/पद्धति अनुसार परीक्षण गरी उत्कृष्ट ठहर गरिएका तीन जनाको नाम सिफारिस गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको अस्पतालको कार्यकारी निर्देशकका लागि डा। प्रमोद यादव, डा। रुद्र मरासिनी र डा। मोहनचन्द्र रेग्मी प्रतिस्पर्धामा रहेका थिए।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0