काठमाडौं । चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको सेवा सुविधामा न्यूनतम सरकारीसरह एकरूपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ ।
मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीको संयोजकत्वमा गठित समितिले सोमबार मन्त्री पौडेललाई प्रतिवेदन बुझाएको हो । समितिले चिकित्सकको मासिक तलब एक लाखदेखि २ लाख ५० हजारसम्म सुनिश्चित गर्न सिफारिस गरेको छ ।
एमडीएमएस गरेकाहरुको एक लाख ५० हजारदेखि १ लाख ७५ हजार र डीएम/एमसीएच गरेका चिकित्सकको २ लाख २५ हजारदेखि २ लाख ५०,००० हजारसम्म दिन सुझाव दिइएको छ। प्रत्येक तहमा सेवा अनुभवको अवधिका आधारमा आय वृद्धि हुने व्यवस्था गर्न पनि भनिएको छ।
यी सुविधा निर्धारण गर्दा भुगोल (सुगम,दुर्गम, अति-दुर्गम ) तथा सेवा अवधिका आधारमा वृध्दि हुने व्यवस्था गर्न भनिएको छ