काठमाडौं । चिकित्सा शिक्षा आयोगले नेपाल सरकारका प्रतिष्ठानहरुमा एमडीरएमएसर एमडीएस को सिट संख्या थप गर्ने निर्णयको नेपाल चिकित्सक संघ स्वागत गरेको छ।
संघले बुधबार एक विज्ञप्ति जारी गदै निर्णयको स्वागत गरेको हो। संघले नेपाल सरकारका प्रतिष्ठानहरुमा क्षमता भएको तथा विज्ञ टोलीद्वारा निर्धारण गरिए अनुसार सिट थप हुनुपर्ने विषयमा निरन्तर रूपमा आवाज उठाइरहेको थियो।
ुसंघको भन्यो अथक प्रयास पश्चात् यस महत्वपूर्ण निर्णय गरिएकोमा नेपाल सरकार र चिकित्सा शिक्षा आयोगलाई धन्यवाद ज्ञापन गर्दछौं र साथै यस निर्णयको प्रभावले स्वास्थ्य सेवा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनेमा हामी बिश्वस्त छौं । यस निर्णयले जेहेन्दार तथा दक्ष चिकित्सकहरुलाई नेपालमा स्नातकोत्तर तालिमको अवसर प्राप्त हुने विश्वास लिएका छौं।
२०८१ माघ २४ गते सिट संख्या थप गर्न संघले प्रेस विज्ञप्तिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो।