सिङ्गापुरमा सन् २०२४ मा पक्राउ परेका लागुऔषध दुव्र्यसनीहरूको सङ्ख्या बढेको गृह मन्त्रालयले मङ्गलबार एउटा प्रतिवेदनमार्फत जनाएको छ ।

सन् २०२४ मा पक्राउ परेका लागुऔषध दुव्र्यसनी मध्ये आधा भन्दा बढी ३० वर्ष भन्दा कम उमेरका थिए । बीस वर्ष मुनिका दुव्र्यसनीहरूको सङ्ख्या सन् २०२३ को तुलनामा झन्डै एक तिहाइले बढेको छ ।

मन्त्रालयले सिङ्गापुर विश्वव्यापी जोखिममा रहेको चेतावनी दिएको छ, किनकि अवैध लागूऔषध बजार विस्तार भइरहेको छ ।मन्त्रालयले अवैध लागू औषधि तस्कर र लागूपदार्थको कथित फाइदाहरूको बारेमा गलत जानकारी फैलाउन सोशल मिडिया प्लेटफर्म र इन्क्रिप्टेड कम्युनिकेशन एप्सको दुरुपयोग गरिरहेको बताएको छ ।

बहुआयामिक दृष्टिकोणको आवश्यकतामा जोड दिँदै मन्त्रालयले लागुऔषध नियन्त्रण शिक्षा, कडा कानुन, कडा कार्यान्वयन र लागुऔषधविरुद्धको लडाइमा समुदायको सहयोगको महत्त्वलाई जोड दिएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0