काठमाडौं ।  धेरैजसो मानिस बिहान बिहान उठ्ने बित्तिकै कफी पिउन मन पराउँछन् । कतिलाई भने दिउँसो कफी पिउँदै काम गर्न मन लाग्छ । केही मानिस कफीप्रति यति मोहित हुन्छन् कि सुत्नुअघि पनि कफी पिउँछन् ।  कफी स्वास्थ्यका लागि फाइदाजनक छ । तर कफी पिउने उपयुक्त समय हुन हो ? के तपाईंलाई थाहा छ ? यदि छैन भने, तपाईंले यस बारे जान्नै पर्छ ।

युरोपियन हार्ट जर्नलमा सार्वजनिक भएको रिर्पोट अनुसार कफीले प्रयोग विहानको समयमा पिउँदा स्वास्थ्यलाई निकै फाईदा पुग्ने हुन्छ ।

जसले हृदयघातबाट हुने मृत्यु कम देखिएको छ । तर दिउँसो वा साँझको कफीले भने सर्काडियन लय र मेलाटोनिन जस्ता हर्मोनको स्तरमा बाधा पुग्ने सम्भावना छ ।

यसले शरीर सुन्निने र रक्तचापजस्ता मुटुसँग सम्बन्धित रोग लाग्ने रिर्पोटमा उल्लेख छ ।

गर्भवती र स्तनपान गराउने महिलाले दिनमा ३०० मिलिग्राम (२–३ कप)  भन्दा बढी कफी पिउनु हुँदैन । केही अध्ययनहरूले त दिनमा २ कप भन्दा बढी कफी पिउनु हुँदैन भनेर पनि देखाएका छन् । क्याफिन कफीमा मात्र नभई चिया, चिसो पेय पदार्थ, इनर्जी ड्रिङ्क र डार्क चकलेटमा पनि पाइन्छ

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0