काठमाडौँ । कानुनविपरीत फार्मेसीहरुमा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री भइरहेको पाइएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौंले हालै गरेको अनुगमनका क्रममा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री भइरहेको पाइएको हो ।
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. वसन्त अधिकारीका अनुसार टेकुस्थित प्रकाश फार्मेसी तथा प्रकाश एलाइट्स र नयाँ बानेश्वरको किड्स पसललगायतमा अनुगमन गर्दा कानुनविपरीत आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री भइरहेको पाइएको छ ।
उनले यस्ता वस्तुको प्याकेटमा बच्चाका लागि स्तनपान सबैभन्दा असल दुध हो भन्ने जस्ता सन्देश अनिवार्य राख्नुपर्नेमा त्यस्तो नराखिएको उनले जानकारी दिए ।
कानुनी पक्षबारे सचेत गराएर यस्ता वस्तु बिक्री नगर्न कार्यालयले आग्रह गरेको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1