काठमाडौं । वीर अस्पतालको निर्देशक डा.दिलिप शर्मा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डा. शर्मालाई दुई वर्षका लागि वीरको निर्देशक पदमा नियुक्त गरेका हुन् ।
गत शुक्रबार मात्रै उपकुलपति प्राडा बस्नेतले डा शर्मा सहित डा अनुपमा कार्की र डा समाज गौतम गरी तीन जनाको नाम निर्देशक पदका लागि सिफारिस गरेका थिए । मन्त्री पौडेलले पहिलो नम्बरमा सिफारिसमा परेका डा. शर्मालाई निर्देशक बनाउने निर्णय गरेका हुन् ।
यसअघि वीरको निर्देशक डा. सन्तोष पौडेल थिए । पौडेलको दुई वर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1