काठमाडौं । भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटका औषधिहरु न्युट्रास्युटिकल्सका नाममा र औषधि मिश्रित आइन्टमेन्ट, क्रिमहरु सौन्दर्य प्रशाधन सामग्रीका नाममा आयात गरी बिक्री वितरण भइरहेको भन्दै तत्काल रोक्न औषधि व्यवस्था विभागले सार्वजनिक सूचना निकालेको छ।
विभागले अनुमगनका क्रममा फार्मेसीहरुमा यस्ता सामग्री फेला परेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ।
विभागले अनुमगनका क्रममा फार्मेसीहरुमा यस्ता सामग्री फेला परेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ । विभागले निरीक्षणका क्रममा सरकारबाट २०४९ सालमा नै प्रतिबन्धित गरिएका भिटामिन तथा खनिज समिश्रण समेत बजारमा भेटिएको भन्दै कारबाहीको चेतावनी दिएको हो ।
‘विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधिहरु समेत बिक्री वितरण भइरहेको पाइएकोले यस्ता औषधिहरुको बिक्री वितरण अविलम्ब रोक्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘यस सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरु निरीक्षणको क्रममा बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार जफत तथा औषधि ऐन, २०३५ बमोजिम कारबाही हुनेछ ।’