नर्भिक इन्टरनेशनल अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाहरुका लागि उपचार तथा परीक्षण प्याकेजमा छुटको घोषणा गरेको छ ।

अस्पतालले ‘वुमन्स वेलनेस प्याकेज’ मा थप १५ प्रतिशत छुट दिने जनाएको छ । यो छुट अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चदेखि एक सातासम्मका लागि कायम हुने अस्पतालले जनाएको छ ।

अस्पतालले ‘वुमन्स वेलनेस प्याकेज‘ मा १५ प्रतिशत छुट दिँदै आएकोमा थप १५ प्रतिशत छुटको घोषणा गरेको हो । अब ८ मार्चदेखि एक सातासम्म यो प्याकेजमा कूल ३० प्रतिशत छुट उपलब्ध हुनेछ ।यस्तै, महिला दिवसकै अवसरमा हाइड्राफेसियल र लेजर हेयर रिमुभलमा २५ प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । यो सेवा पनि ८ मार्चदेखि सुरु भएर एक सातासम्म कायम रहनेछ ।

अस्पतालले सेवा लिनका लागि फोन नम्बर ०१–५९७००३१ र ह्वाट्स एप तथा भाइबर नम्बर ९८२३८८४४८८ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0