वीर अस्पतालमा चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार अपराह्न साढे ४ बजे चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।

शल्यक्रिया सेवामा खटिएका प्राध्यापक डाक्टर शरद पोख्रेल र सानुमाया मगरलगायत अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो ।घटनामा रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्का संलग्न भएको अस्पतालले जनाएको छ । उनलाई हदैसम्मको कारबाही गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीले माग गरेका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0