काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले निर्वाह भत्ताका विषयमा आन्दोलनरत आवासीय चिकित्सकहरुको माग समाधान गर्न आयोगसँग बैठक गर्न लागेका हुन् ।
चिकित्सा शिक्षा आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अहिले विहान ११ बजे बालुवाटारमा आयोगको आकस्मिक बैठक बोलाएका हुन् ।

यो बैठकले आवासीय चिकित्सकहरुको निर्भाह भत्ता तथा वर्किङ आवरको विषयमा निर्णय लिन सक्ने आयोगका एक सदस्यले बताए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0