स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी, सहकारी, गैरसकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य रुपमा अनुमति लिन र अनुमति लिएकाहरुको नवीकरण बाँकी भए नवीकरण गर्न परिपत्र गरेको छ।
मन्त्रालयले मंगलबार परिपत्र गर्दै कानुन अनुसार अनुमति र नवीरकण गर्न भनेको हो। कानुन अनुसार अनुमति र नवीकरण नगरेमा कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ।
स्वास्थ्य संस्थाहरु इजाजत अनुमति नलिई र नवीकरण नगराई संचालन भएका भन्ने गुनासो आएकोले कसैले पनि इजाजतपत्र नलिई निजी गैरसरकारी, सहकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन भन्ने व्यवस्था जनस्वास्थ्य सेवा नियमावलीमा रहेकोले इजाजत पत्र नविकरण गराएर मात्र स्वास्थ्य संस्था संचालन गर्नुहुन अन्यथा कानून वमोजिम कारवाही हुने व्यहोरा नेपाल सरकार (सचिवस्तर) को मिति २०६१।०९।२३ को निर्णयानुसार अनुरोध छ, भनिएको छ।
मन्त्रालयले मंगलबार परिपत्र गर्दै कानुन अनुसार अनुमति र नवीरकण गर्न भनेको हो। कानुन अनुसार अनुमति र नवीकरण नगरेमा कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ।