काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन्।
हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला।’ प्रधानमन्त्री ओलीले भुकम्पपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेर सबैलाई सुरक्षित रहन आग्रह गरेका हुन् ।
आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का गएको थियो। पूर्वी नेपालका धेरैजसो भागमा भूकम्पको धक्का अन्यत्रभन्दा बढी महसुस गरिएको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1