नयाँ दिल्ली । भारतको कर्नाटक राज्यमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) का दुई संक्रमित फेला परेका छन् ।

नियमित परीक्षणको क्रममा आईसीएमआरले कर्नाटकमा एचएमपीभीका दुई सङ्क्रमित फेला पारेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा भनेको छ । सङ्क्रमित दुवै बालबालिका हुन् ।

बेंगलुरुको बेप्टिस्ट अस्पतालमा ब्रोंकोन्युमोनिया भएकी तीन महिने बालिकालाई यो भाइरस देखिएको थियो र उनी डिस्चार्ज भइसकेकी छिन्।

आठ महिनाका बालकलाई पनि ब्रोंकोन्युमोनिया भएका कारण अस्पताल भर्ना गरिएको थियो र उनलाई ३ जनवरीमा यो भाइरसको परीक्षणमा पोजिटिभ आएको थियो। उनको अवस्था अहिले सामान्य नै छ।

यता, गुजरातका एक बालकमा पनि यो भाइरस पुष्टि भएको छ। गुजरातको राजस्थान डुंगरपुरका एक बालकलाई दिसम्बर २४ मा अहमदाबादको चांदखेडा क्षेत्रको निजी अस्पतालमा श्वासप्रश्वास संक्रमणको लक्षणसहित भर्ना गरिएको थियो। परीक्षण पछि उनलाई यो भाइरस पोजिटिभ देखाइएको थियो।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यी तीनै जना बालबालिकाले अन्तर्राष्ट्रिय यात्रा गरेका छैनन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0