काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।

बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

त्यसले नेपालका प्राय ठाउँमा धक्का महसुस गरिएको थियो । भुकम्पको धक्का तिब्बत क्षेत्रसँगै काठमाडौँ उपत्यकासहित नेपालका धेरै जिल्लामा महसुस भएको छ ।

विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ।

यो पनि पढ्नुहोस्

काठमाडौंमा भूकम्पको धक्का

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0