काठमाडौं । चिकित्सा शिक्षा आयोगले सरकारी प्रतिष्ठानहरुमा स्नातकोत्तर तह (पिजी) अन्तर्गत एमडी,एमएस,एमडीएसको सिट संख्या कम तोकेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।
संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारका प्रतिष्ठानहरुमा क्षमता भएको तथा विज्ञ टोलीद्वारा निर्धारण गरिए अनुसार सिट थप हुने अवस्था हुँदा हुँदै सिट संख्या बढेर नआउनु खेदजनक रहेको जनाएको छ ।
‘चिकित्सा शिक्षा आयोगद्वारा आज मिति २०८१ माघ २४ गते प्रकाशित गरिएको एमडीरएमएसरएमडीएसको सिट संख्याप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,ु विज्ञप्तिमा उल्लेख छ ।
सरकारी प्रतिष्ठानमा सिट संख्या कम तोक्दा नेपाल भित्रका जेहेन्दार चिकित्सकहरु स्नातकोत्तर तालिमको अवसरबाट बञ्चित भइ विदेश जान बाध्य हुने ठह संघको ठहर छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1