काठमाडौं । हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले स्नातकत्तोर तह (पिजी) जम्मा एक सिट दिएको छ।
आयोगले बिहीबार सार्वजनिक गरेको सिटको विवरण अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन (एमडिजिपी) मा एक सिट मात्र पाएको छ।
आयोगले तोकेको मापदण्ड भित्र रहेर विभिन्न ९ वटा विषयमा प्रतिष्ठानले १८ वटा सिट माग गरेको थियो। आयोगबाट गएको विज्ञ टोलीले पनि प्रतिष्ठानको निरीक्षणपछि प्रतिष्ठानले माग गरेअनुसार सिट दिन सक्ने संकेत गरेको थियो। तर आयोगले भने ९ वटा विषयमध्ये जम्मा एउटा विषयमा एक जना मात्र पढ्न मिल्ने गरी प्रतिष्ठानलाई सिट संख्या तोकेको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1