भक्तपुर । भक्तपुरस्थित नागरिक अस्पतालको अत्याधुनिक उपकरणयुक्त लेभल ३ आइसियु सञ्चालन ल्याएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उक्त आईसियुको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालले आमजनका लागि दिनुपर्ने १० प्रतिशत नि शुल्क सेवा पारदर्शी रुपमा दिने आग्रह गरे ।

उनले गुणस्तरीय स्वास्थ्यका लागि आफू प्रतिवद्ध रहेको दोहोरयाँउदै स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गर्ने योजनामा सरकार अघि बढेको बताए ।

उनले भने,’निजि अस्पतालमा जुन आर्कषण हुनु नै विश्वसनिता अलिक भएकाले हो  ।’ भर्खरै आफूले बिमाका विषयमा सुझाव दिन गठिन कमिटीको प्रतिवेदन बुझेको बताउँदै त्यहाँ उल्लेख भएका विषय लागु गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी रहेको छ । उनले सेवामुखी व्यापार गर्दा ध्यान दिन आग्रह गरे ।

अस्पतालको उपचार सेवा र उपकरण दुवैका लागि भक्तपुरको पहिलो र उत्कृष्ट बनाउने लक्ष्यमा आफूहरु रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा कुन्दनसिंह कार्कीले  जानकारी दिए।

ह्याम्स अस्पताल तथा नागरिक अस्पताल अध्यक्ष रामशरण भण्डारीले अस्पतालको ग्रेडिङ गर्ने नीति सरकारले लिनु पर्ने बताए । उनले भने, ‘अस्पतालको ग्रेडिङ गर्ने नीति सरकारले लिनुपर्छ। बेडका आधारमा अस्पताल छुट्याउने प्रणाली पुरानो भयो। अब दिने सेवाका आधार छुट्याउनुपर्छ। त्यो अनुसार शुल्क पनि सरकारले नै तोकोस्। यसले बिरामी आफू कस्तो अस्पताल गइहेको छु भन्ने प्रस्ट हुन्छ।’

१६ वर्षअघि मुनाल पोलिक्लिनिकबाट सुरु भएको थिया। त्यसपछि मात्र नागरिक अस्पताल बन्यो।

यसैगरी,आइसियु विशेषज्ञ डा अर्जुन कार्कीका अनुसार आइसीयुमा भन्नेबित्तिकै बाँच्दैन भन्ने धारणा रहेको छ । आइसियुमा उच्चस्तरीय प्रविधि, उपकरण, विज्ञ, दक्ष नर्स र औषधि चाहिने भएकाले महंगो हुने गरेको बताए । उनले भने, ‘आइसियु बढी खर्चिलो भनेर पनि चिनिन्छ , कम आय भएका मानिसका लागि आईसियुको उपचारले ढाड नै भाच्ने उपचारमा पनि पर्छ ।’

स्वास्थ्य विमालाई व्यवस्थित नबनाएसम्म स्वास्थ्य विमा महंगो पर्ने उनले बताए । उनका अनुसार जतिजति अस्पताल खुल्दै जान्छन् त्यसले गुणस्तरीय सेवा प्रवाह हुन जान्छ । जसले सबैको उपचार सुरक्षा पनि बढ्छ ।

उनले भने, ‘उपचार मात्र गर्ने रोकथाम नगर्ने हो भने राम्रो उपचार हुदैन्,रोकथाम गर्दा गदै रोग लागेमा उपचार पनि गर्नुपर्छ ।’
उनले नागरिक अस्पतालले छोटो समयमा गुणस्तरीय आईसियु सेवा प्रदान गरिने भन्ने लागेको बताए ।

२०० बेडको अस्पताल बनाउने योजना रहेको भण्डारीको भनाई छ । नागरिक अस्पतााले सरकारको निति नियम फ्लो गरेर उत्कृष्ट सेवा दिने दाबी गरे ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0