सुनसरी । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले निजी खर्चमा स्वास्थ्य इकाइ भवन निर्माण गरेका छन्।
कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित बराह मन्दिर परिसरमा भवन निर्माण गरेका हुन्।
उक्त भवनको आइतबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन्। सो भवन बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई हस्तान्तरण गरिएको छ। नगरपालिकाले उक्त भवनबाट सामुदायिक स्वास्थ्य इकाइको सेवा सञ्चालन गर्ने जनाएको छ।
नेता विश्वकर्माले बाबु बखतबहादुर र आमा टीकामायाको स्मृतिमा ६० लाख रुपैयाँ लगानी गरी उक्त भवन निर्माण गरेका हुन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1