एजेन्सी । चीनमा श्वासप्रश्वाससम्बन्धी नयाँ भाइरसको देखिएको छ । नयाँ भाइरस फैलिएको भन्दै चीन सरकारले सर्वसाधारणहरू सतर्क रहन अनुरोध गरेको छ ।
भाइरसका कारण ठूलो संख्यामा मानिसले ज्यान गुमाएको विभिन्न समाचारहरू एजेन्सीहरुले जनाएका छन् । भाइरस ह्यूमन मेटान्यूमोभाइरस (एचएमपिभी) नाम दिईएको छ ।
चीनको वुहान प्रान्तमा नोबेल कोरोना भाइरसको महामारी सुरु भएको पाँच वर्ष बित्न नपाउँदै नयाँ भाइरसको प्रकोप देखिएको छ। चिनियाँ अस्पतालमा मानिसहरू मास्क लगाएर हिँडिरहेको फोटो र भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् ।
के हो एचएमपिभी ?
एचएमपिभी भाइरसले श्वासप्रश्वासमा समस्या आउँछ । एचएमपिभीभाइरसको संक्रमितमा रुघा खोकी वा इन्फ्लुएन्जाको जस्तै लक्षण देखिन्छ । यसमा अधिकांश बिरामीको स्थिति मध्यम नै हुन्छ ।
तर विशेष गरी बालबालिकामा यो गम्भीर बनेर निमोनिया नै गराउँछ । प्रतिरक्षा प्रणाली कमजोर भएका वृद्धहरू पनि छिटै यसको चपेटामा आउँछन् ।
पछिल्लो समय उत्तरी चीनमा १४ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूमा यसको सङ्क्रमण बढ्न थालेपछि सारा विश्व यसप्रति सशङ्कित भएको स्थिति छ ।
एचएमपीभी पहिलो पटक सन् २००१ मा देखा परेको थियो । यस अघि बेलायत लगायत देशमा पनि यसको सङ्क्रमण भेटिएको थियो ।