नेपालगंञ्ज ।  नेपाल चिकित्सक संघ भेरी शाखामा डा.रुपानन्द अधिकारीको अध्यक्षतामा निर्वाचित भएको छ ।

नयाँ समिति गत १९ पुसमा उम्मेद्धारी दर्ता सम्वन्धी सूचना प्रकाशित भएकोमा कुनै पनि दाबी विरोध नपरेपछि दर्ता सबै उम्मेद्धार निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

निर्विरोध हुनेहरुमा अध्यक्षमा डा. अधिकारीसँगै उपाध्यक्षमा डा. संकेतकुमार रिसाल, सचिवमा डा.प्रचण्ड गौतम, सहसचिवमा डा. विजय उपाध्याय, कोषाध्यक्षमा डा. राहुल मिश्र र सह कोषाध्यक्षमा डा.अजय वैश्य रहेका छन् ।

यस्तै सदस्यहरुमा डा. राहुल कुर्मी, डा. बसन्तराज न्यौपाने, डा. रत्नमणि सुवेदी,डा। रोशनकुमार यादव र डा. लक्ष्मण सिग्देल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0