काठमाडौं । डा .मदन पिया र डा. प्रकाश सायमी सम्मानित भएका छन्। क्यान्सर सर्भाइभर सोसाइटीले काठमाडौंमा गरेको  एक कार्यक्रममा डा.पिया र डा.सायमीलाई सम्मान गरेको हो।

संस्थाका सल्लाहकार डा अरुण शाहीले नेपालको क्यान्सर उपचारको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै दुवैजनालाई सम्मानित गरिएको बताए। डा पिया क्यान्सर रोग विशेषज्ञ हुन् भने डा सायमी थोरासिक सर्जन हुन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0