काठमाडौं ।  काठमाडौंसहित देशका चार सहरमा वायु प्रदूषणको तह उच्च भएको छ । वातावरण विभाग आइतबार अपराह्न १२ बजेसम्म वायुको गुणस्तर मापकका आधारमा ती सहर अति अस्वस्थकर र अस्वस्थकरको सूची तयार पारेको छ ।
विभागका अनुसार काठमाडौंको रत्नपार्क, ललितपुरकको खुमलटार, कैलालीको धनगढी र धनुषाको जनकपुरमा वायु प्रदूषणको तह उच्च छ । तीमध्ये धनगढी सबैभन्दा धेरै प्रदूषित हुनुका साथै वायु अति अस्वस्थकर बनेको छ ।

काठमाडौंको रत्नपार्कमा सोही समयमा एक्यूआई १८२ र पीएम २.५ को मात्रा १०७.६ पुगेको छ ।

यस्तै, खुमलटारमा एक्यूआई १७७ र पीएम २.५ १०४.१  पुगेको विभागको तथ्यांक छ ।

धनगढीमा सो समय ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) २०३ पुगेको छ । त्यहाँको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १४८.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

त्यसैगरी,  जनकुपरमा एक्यूआई १६२ र पीएम २.५, ८५.८ विभागको रेकर्ड छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अति अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति घातक मानिन्छ ।

संगठनले पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने जनाएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0