काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागीय अधिवेशनबाट अध्यक्षमा प्रदिप के.सी. निवार्चित भएका छन् । शनिवार सम्पन्न भएको अधिवेशनबाट केसी अध्यक्षमा निवार्चित भएका हुन् ।
महिला उपाध्यक्षमा शावित्रा भट्ट, समाबेशी उपाध्यक्षमा डा. लालबाबु शाह निवार्चित भएका छन् । भने सचिव खुल्लामा रुपा रान, पासाङग वि.सी र कोषाध्यक्षमा सरस्वती कोईराला निवार्चित भएका छन् ।
यसैगरी, सदस्यहरुमा अच्युुतहरी कोईराला, कमल कुवर क्षेत्री , ईश्वरीप्रसाद भुषाल, डा. पुनेश्वर केशरी र रञ्जितकुमार झा निवार्चित भएका छन् ।
यसैगरी, लाल बहादुर वाईवा, मिठु पाठक सीता भुसाल र तिर्थशोभा नकर्मी निवार्चित भएका छन् । सञ्जयकुमार शाह र सञ्जन कर्ण निर्वाचित भएका छन् ।
यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधि ७ जना निर्वाचित भएका छन् । जसमा विश्वबन्धु रेग्मी , शंकर पाण्डे, धिरज रौनियार, खिमराज रिजाल , तेजबहादुर लामिछाने रहेका छन् । समावेशमा दिपेन्द्र सुनार र महिला महाधिवेशन प्रतिनिधिमा पवित्रा ढकाल रहेका छन् ।
उक्त अधिवेशनको निर्वाचनको जिम्मेवारी निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमितिका केन्द्रीय उपाध्यक्ष निर्मला शर्मा, केन्द्रीय उप महासचिव इन्दु शर्मा, केन्द्रीय पूर्व उप महासचिव र विश्ववन्धु रेग्मीलाई दिइएकाे थियाे । उनीहरूकाे निर्णय अनुसार देहाय बमोजिमका व्यक्तिहरू देहाय बमोजिमको पदमा पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिसम्म निर्वाचित भएका हुन् ।
स्वास्थ्य सेवा विभाग, टेकु काठमाडौँमा नेपाल निजामती कर्मचारी युनियन, स्वास्थ्य तथा जनसङ्ख्या अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष,सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको निर्वाचनमा भाग लिएका थिए ।
भने अधिवेशनको उद्घाटन सत्रमा स्वास्थय तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले १० जना पुर्व स्वास्थ्यका कर्मचारीहरुलाई सम्मान गरेएका थिए ।