{"caption":"u0921u0921u0947u0932u0927u0930u093e u092eu0947u0921u093fu0915u0932 u0915u0932u0947u091cu0915u093e u0932u093eu0917u093f u092au094du0930u0938u094du0924u093eu0935u093fu0924 u0921u0921u0947u0932u0927u0941u0930u093e u0905u0938u094du092au0924u093eu0932 u0964 u0924u0938u094du0935u093fu0930 : u0921u0940u0906u0930/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

डडेल्धुरा मेडिकल कलेजमा आइतबारदेखि थप दुई संकायको पढाइ सुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको मेडिकल कलेजमा वीपीएच (ब्याचलर इन पब्लिक हेल्थ) र वीएस्सी नर्सिङ (ब्याचलर अफ साइन्स इन नर्सिङ) सञ्चालनको अनुमति पाएपछि मेडिकल कलेजले यी दुई बिषय पठनपाठन सुरु गरेको हो ।

यसअघि गत वर्षदेखि कलेजले बिएस्सी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) को पठनपाठन शुरु गरेको थियो । मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीका अनुसार कलेजले वीपीएचमा १० र वीएस्सी नर्सिङ मा २० जनाको कोटा पाएको थियो । तर अहिलेसम्म वीपीएचमा ५ र वीएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएका छन ।

१० जनाको कोटा रहेको बिएस्सी एमएलटीमा ६ जना भर्ना भएको उनले बताए । गत वर्ष भने ८ जना भर्ना भएका थिए । मेडिकल कलेजका सह प्रध्यापक धर्मराज भट्टले दुई वर्षको अवधिमा तीनवटा कार्यक्रम पाउनु डडेल्धुरा मेडिकल कलेजका लागि खुसीको क्षण भएको बताए ।

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले सबैको सामूहिक पहलमा मेडिकल कलेजले सफलता पाएको बताए । ‘विद्यार्थीलाई गर्नुपर्ने सहयोगका लागि अस्पताल सधैं तयार छ । उनले भने, अस्पतालको अझै स्तरोन्नति गर्दै छौं । तीनसय बेडको अस्पताल बन्यो भने एमबीबीएस पढाइ हुने मेडिकल कलेज पाउने छौं ।’

कार्यक्रममा नयाँ विद्यार्थीलाई स्वागत पनि गरिएको छ । सरकारले डडेल्धुरा अस्पताललाई २०७८ माघ १० गते मेडिकल कलेजका रुपमा विस्तार गर्ने निर्णय गरेको थियो । एमबीबीएसको पढाइ सुरु गर्न भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शय्यामा संचालन हुदै आएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0