हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको अवस्था छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशको पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0