कपिलवस्तुको यशोधरा गाउँपालिकामा आयोजित तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।

यशोधरा गाउँपालिका कपिलवस्तुको आयोजना र छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगन्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गाउँपालिकाका आठ वटै वडा गरी एक हजार १७ जनाले आँखाको जाँच तथा उपचार गराएका यशोधरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्रकुमार मिश्राले बताए।

शिविरमा आँखा जाँच गराएकामध्ये मोतीविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उनले बताए। शिविरबाट मोतीविन्दुको पहिचान भएका २६७ जनाको शल्यक्रिया गरिएको उहाँको भनाइ छ । शिविरमा ५०८ जनालाई औषधी तथा २४२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।

शिविरमा सेवा लिएका सेवाग्राहीले खुसी व्यक्त गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । एक वृद्ध सेवाग्राहीले भने, “हामी जस्ता वृद्धका लागि यस्तो सेवा धेरै उपयोगी छ । आँखा जाँच गराउन टाढा जानुपर्दा समस्या हुने गथ्र्यो तर अब गाउँमै उपचार पाउँदा खुसी लागेको छ ।”

सो अवसरमा बोल्दै यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले शिविरले स्थानीयवासीलाई गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्न मद्दत गरेको बताए । उनले भन्ने, “यस्ता शिविरले विशेष गरी दक्षिणी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध भएको छ ।” आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0