मधुमेह वा डायबीटीज भएका बिरामीहरूको शरीरमा इन्सुलिनको मात्रा न्यून हुने भएकाले त्यस्ता मानिसहरूका लागि यो गम्भीर समस्या हो। त्यस्ता मानिसमा तत्काल नै एकदमै धेरै थकान अनुभव हुने, बेस्सरी तिर्खा लाग्ने र आँखा धमिलो हुने जस्ता लक्षणहरू देखा पर्छन्।
अझ गम्भीर अवस्थामा शरीरले ग्लूकोजलाई उर्जाको रूपमा प्रयोग गर्न नसक्दा शरीरले सञ्चित बोसोको प्रयोग गर्न थाल्छ र कीटोन बडिजु को उत्पादन गर्न थाल्छ।
यस्ता पदार्थहरू ठूलो मात्रामा थुप्रिन जाँदा रगत अम्लीय बन्न जान्छ र त्यसबाट विभिन्न अङ्गहरूको सञ्चालनमा नराम्रो असर पर्छ। यसबाट मिर्गौला र मुटुमा क्षति पुग्नेजस्ता गम्भीर समस्याहरू समेत देखा पर्न सक्छन्।
‘त्यस्ता अवस्थाहरूमा जब बिरामीले ग्लाइसिमिक इन्डेक्स उच्च भएका खानेकुरा खान्छन्, तिनीहरूलाई मधुमेह नभएका मानिसहरूको शरीरले प्राकृतिक रूपमा गर्ने जस्ता कामका लागि औषधिको प्रयोग गर्नु पर्ने हुन जान्छ,’ अमेरिकाको हार्भर्ड विश्वविद्यालयमा चिकित्सा अनुसन्धानमा स्नातकोत्तर गरेकी पोषणविद् मारिआना मेलेन्डेज बताउँछिन्।
स्वस्थ मानिसहरूको शरीरमा ब्लड सुगर उच्च भएका बेला त्यस्को व्यवस्थापन गर्न प्राकृतिक उपायहरू हुन्छन् तर त्यसको अर्थ रगतमा ग्लूकोजको मात्रा एक्कासि ह्वात्तै बढ्न जाँदा तिनीहरूमा नकारात्मक प्रभाव पर्दैन भन्ने होइन।
‘लामो समयसम्म रगतमा ग्लूकोजको मात्रा धेरै भइरह्यो भने रक्तनलीमा विषालु असर पुग्न सक्छ। त्यसैले मधुमेह नभएका मानिसले खाने कुरामा फाइबर र प्रोटीनको मात्रा कम भयो भने अन्य खालका समस्याहरू देखा पर्न सक्छन्। त्यस्तो एउटा समस्या भनेको रक्तचाप उच्च रहनु हो,’ उनी बताउँछिन्।
ग्लूकोजको मात्रा एकाएक बढिरहँदा त्यसले शरीरमा बोसोको मात्रा पनि बढाउँछ।
‘ शरीरबाट चिनीको मात्रा हटाउने काम गर्ने इन्सुलिन पनि एक प्रकारको’ एनाबोलिक होर्मोन हो, मतलब त्यसले पनि शरीरलाई ऊर्जा भण्डार गरेर राख्ने निर्देशन दिन्छ। यस्तो प्रणालीले बढी भएको चिनीको मात्रालाई बोसोको रूपमा परिणत गरिदिन्छ र त्यस्तो बोसो मुख्यतया पेटको वरपरको क्षेत्रमा जम्मा हुने गर्दछ,’ हासेगावा भन्छन्।
उनका अनुसार शरीरमा बोसोको मात्रा बढी हुने एउटा प्रक्रिया यो हो भने अर्को प्रक्रिया भनेको शरीरलाई आवश्यक पर्नेभन्दा बढी क्यालोरी खानु हो।
‘आवश्यकभन्दा बढी क्यालोरीले ( चाहे त्यो कार्बोहाइड्रेट, चिल्लो पदार्थ वा प्रोटीनबाट प्राप्त भएको होस् ( शरीरमा बोसोको मात्रा बढाउन नै योगदान दिन्छ। तर विशेष गरी प्रशोधन गरिएका कार्बोहाइड्रेटको उपभोग धेरै हुने गरेको छ किनकि तिनीहरू जताततै सजिलै पाउन सकिने पाउरोटी, कुकिज र तारेको आलुजस्ता खानेकुराहरूमा धेरै हुन्छन्,’ मानिसको शरीरको तौल बढाउने दुई कारणहरू एकैसाथ रहने गरेका उनी बताउँछन्।
ब्लड सुगरको मात्रा ह्वात्तै बढ्न नदिन के गर्ने ?
तीव्र गतिमा ब्लड सुगर बढ्न नदिन अपनाइने चलनचल्तीमा रहेको व्यवहार भनेको कार्बोहाइड्रेटलाई प्रोटीन वा स्वस्थकर चिल्लो पदार्थसँग मिलाएर खानु हो।
‘कार्बोहाइड्रेट भएको खानेकुरा खानुभन्दा पहिला फाइबर र प्रोटीन भएको खानेकुरा खाँदा शरीरले ग्लुकोज सोसेर लिने प्रक्रिया ढिलो गराउन मद्दत पुग्छ। उदाहरणका लागि पास्ता खानुअघि हरियो सागसब्जी वा स्यालड खाने त्यसपछि मासु वा टुनाजस्ता प्रोटीनयुक्त खानेकुरा खाने गर्न सकिन्छ। यसो गर्दा शरीरको पाचन प्रक्रियालाई सुस्त तुल्याउन सकिन्छ र परिणामस्वरूप ग्लूकोजको स्तरमा कार्बोहाइड्रेटले पुर्याउने असरलाई कम गर्न सकिन्छ,’ हासेगावा बताउँछन्।
ूएउटा व्यावहारिक उपाय भनेको कार्बोहाइड्रेट भएको खानेकुरा चयन गर्दा त्यसमा फाइबर पनि भएको खानेकुरा खान सकिन्छ। जस्तै सुन्तलाको रस पिउनुभन्दा छोक्रासहितको सग्लो फल नै खानु उपयुक्त हुन्छ। मैदाको सेतो पिठोबाट बनेको रोटीभन्दा सग्लो गहुँको आटाबाट बनेको रोटी उपयुक्त हुन्छ। यसरी कार्बोहाइड्रेटलाई खराब नबनाईकनै खानेकुरामा फाइबर थप्न सकिन्छ,ू मेलेनडेज भन्छिन्।
शारीरिक अभ्यासले पनि रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत पुर्याउँछ।
ूमांसपेशीहरूमा रगतबाट सोझै ग्लूकोज लिएर प्रयोग गर्ने क्षमता हुन्छ, यसका लागि तिनीहरूलाई इन्सुलिनको प्रक्रियाको आवश्यकता पर्दैन। यो कुरा विशेष गरी इन्सुलिन रेसिस्टेन्स अथवा मधुमेह भएका मानिसहरूका निम्ति महत्त्वपूर्ण हुन्छ,ू हासेगावा बताउँछन्।
अत्यधिक नियन्त्रणको जोखिम
हामीले खाएका कुराले शरीरमा कस्तो प्रभाव पार्छ भनेर बुझ्न सकेमा दैनिक आहारविहारमा सकारात्मक परिवर्तनहरू ल्याउन सकिन्छ। तर पोषणविद्हरू शरीरका सानाभन्दा साना प्रक्रियालाई पनि नियन्त्रण गर्ने प्रयास गर्दा सावधानी अपनाउन चेतावनी दिने गर्छन्।
‘मानिसहरूले आफूले खाने कुराबारे अत्यधिक चिन्ता लिइरहनुहुँदैन। त्यसो गर्दा खानाको सन्तुलन मिलाउन निकै गाह्रो पर्न जान्छ। ‘इन्सुलिन रेरिस्टेन्सु, ‘ग्लूकोज इन्टोलरेन्सु वा मधुमेहरडायबीटीजजस्ता समस्या नभएका मानिसहरूले नियमित व्यायाम गर्ने र प्रत्येक पटक खानेकुरामा फाइबर तथा प्रोटीन पनि खाने गरेमा त्यो पर्याप्त हुन्छ। ‘ग्लाइसेमिक इन्डेक्सु उच्च भएको खानेकुरा पटक्कै नखाने भनेर अति चनाखो भइरहनु आवश्यक छैन,’ मेलेन्डेज भन्छिन्।