काठमाडौं । धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई निलम्बन गरेको छ। काउन्सिलले डा दीपक कुँवर, डा वर्षा श्रेष्ठ र डा रिका रिजाललाई एक साता कामकार्वाहीमा संलग्न नगर्न \ नगराउन काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनलाई मेडिकल काउन्सिलले पत्राचार गरेको थियो ।
रजिष्ट्रार डा सतिश देवले अस्पतालका विभागीय प्रमुख डा अजय रिसालसहित ४ जना चिकित्सकलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
थप छानविनका लागि डा.विश्व दवाडीको नेतृत्वमा समिति बनेको छ। समितिमा डा कुन्जाङ शेर्पा, डा आनन्द शर्मा, डा रुपक घिमिरे र राजेश्वर अधिकारी सदस्य छन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1