पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवास पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन्। बिना दर्ता सञ्चालन भइरहेको पाइएको भन्दै अस्पताललाई बन्द गर्न निर्देशन दिएका हुन्।

बर्दिवासको ८ वटा अस्पताल अनुगमन गरेका थिए। पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक, ओम समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिकले सेवा सञ्चालन अनुमति नलिएको पाइएको उनको सचिवालयले बताएको छ।

दर्ता बिना नै सञ्चालनमा रहेका कारण तत्काली बन्द गर्न भनिएको उनले बताए। उनले अस्पताल सञ्चालकहरूलाई विधि पूरा गरी अनुमति लिएपछि मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको बताए।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0