जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ ।त्यसैगरी आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।
आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसम मापन भएको छ । बुधबारको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम केही घटेको छ ।बुधबार ५.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो । एक साता अवधिमा काठमाडौंको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको देखिँदैन ।
मंगलबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो । त्यसअघि सोमबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको थियो । आइतबार ६.७ डिग्री सेल्सियस, शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस, बिहीबार ४.५ डिग्री सेल्सियसम मापन भएको थियो ।