त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को नयाँ कार्यकारी निर्देशक छनौटका लागि गठित समितिले चार जना चिकित्सकलाई प्रारम्भिक छनौट गर्दै अन्तर्वार्ताका लागि बोलाएको छ ।

समितिले अन्तरवार्तामा बोलाइएका चिकित्सकहरुमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्य रहेका छन् । उनीहरुलाई आगामी २३ माघका दिन अन्तर्वार्ताका लागि बोलाएको छ ।

उक्त दिन विहान १० बजे देखि सुरु हुने अन्तवार्ताका लागि हरेक उम्मेद्धारलाई आधा घण्टाको अन्तरमा समय तोकिएको छ ।अन्तर्वार्तामा आउँदा प्रत्येकले विश्वविद्यालयको रणनीतिक योजना अनुरुप अस्पताल सञ्चालन सम्वन्धी व्यवस्थापन योजनाको १० मिनेटको पावर प्वाइन्ट प्रस्तुतिकरण समेत तयारी गरी ल्याउन भनिएको छ ।

पछिल्लो समय त्रिविमा निमित्त निर्देशकको रुपमा प्राडा घनश्याम गुरुङले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0