डडेलधुरा जिल्लाको जोगबुडा क्षेत्रको परशुराम नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कञ्चनपुरसँग सिमा जोडिएको चुरे क्षेत्र परशुराम नगरपालिका –६ छेलाको तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा वडा ४ कटाल गाउँका २८ वर्षीय भुपेन्द्र भट्टको मृत्यु भएको हो ।

कात्तिक १४ गते बुधबार बेलुका परशुराम नगरपालिका –६ छेलास्थित तातोपानीबाट आफ्नो घर कटालतर्फ आउँदै गर्दा भट्ट आफैले चलाएको बा ०२०२२ प २१४५ नम्बरकको मोटरसाइकल दुर्घटना भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रारम्भिक जानकारी पाएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बर बिष्टले बताए । विष्टका अनुसार भट्टको टाउकोमा चोट लागेको थियो ।

उहाँको उपचारका लागि परशुराम नगरपालिकाको मुकाम–१२ लालढुंगा बजारमा रहेको जोगबुढा अस्पतालमा पुगाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । मोटरसाइकल पछाडि सवार सोही ठाउँका ३० वर्षीय सिद्धराज भट्ट घाइते भएका छन् ।

उनको टाउको, मुख र खुट्टामा चोट लागेको छ । जोगबुडा अस्पतालमा उहाँको उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0