सुर्खेतमा शिक्षण अस्पताल निर्माणको प्रक्रिया अघि बढेको छ । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गर्न लागिएको हो ।

पाँच वर्षअघि आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच भएको सम्झौता अनुसार १०० शय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । तर निर्माणको काम भने अघि बढ्न सकेको थिएन ।

चालु आर्थिक वर्ष २०८१(०८२ मा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेसँगै अस्पताल निर्माणको काम अघि बढाउन लागिएको हो । सरकारले चालु आर्थिक वर्षमा अस्पताल निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको छ । यो वर्षदेखि अस्पताल निर्माणको काम सुरु गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको अस्पताल निर्माणको योजना यो वर्षदेखि कार्यान्वयनमा जान लागेको हो । डिपीआर संशोधन गरेर तयार पारिएकाले लागत १ अर्ब ७२ करोड लागत अनुमान छ ।

यसअघि बनेको डिपीआर अस्पतालको भवन निर्माणका लागि मात्र तयार पारिएको थियो । उक्त डिपीआरमा भवन निर्माणका लागि ९० करोडको लागत अनुमान गरीएको थियो । नयाँ निर्माण गरिएको डिपीआरमा अस्पतालका लागि निर्माण गरिने सम्पूर्ण संरचनाको लागत अनुमान तयार पारिएको छ ।

१५ शय्याको अस्पतालबाट सेवा सुरु गरिने

शिक्षण अस्पतालको सेवा १५ शय्याको अस्पतालबाट सुरु गरिने भएको छ । १०० शय्याको अस्पतालका संरचना निर्माण नहुनञ्जेलसम्म १५ शय्याको अस्पतालबाट सेवा सुरु गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । अहिले राकम कर्णाली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शय्याको अस्पताल बनाइँदै छ । अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उक्त अस्पताललाई शिक्षण अस्पतालको अङ्गका रूपमा सञ्चालन गर्न लागिएको आठबिस नगरपालिकाले जनाएको छ ।

१५ शय्याको अस्पताललाई शिक्षण अस्पतालको अङ्गका रूपबाट सेवा थाल्ने विषयमा छलफल भइरहेको नगरप्रमुख तर्कबहादुर बडूवालले बताए ।नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत अस्पतालको योजना अघि सारेको थियो । उक्त लक्ष्य अनुरूप १५ शय्याको अस्पताल निर्माणको काम सुरु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र आठबिस नगरपालिकाले नागरिकलाई स्तरीय सेवा प्रदान गर्नका लागि १५ शय्याबाट शिक्षण अस्पतालको सेवा सुरु गर्न लागेका हुन् । एक सय शय्याका अन्य संरचना निर्माण नहुँदासम्म १५ शय्याबाट सेवा सुरु गर्ने गरी प्रक्रिया अघि बढाइएको प्रतिष्ठानका उपकुलपति डा। मङ्गल रावलले बताउए । उजका अनुसार प्रतिष्ठानबाट जनशक्ति परिचालन गरेर सेवा दिन लागिएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0