काठमाडौं । तिहार मिठाईको पर्व । अर्को तिहारमा पकाईने गुलियो र चिल्ला परिकारहरु खाने गरिन्छ ।
तिहारमा खानपानमा ध्यान दिन पोषणविद्धहरुको सुझाव छ । पोषण विद्ध मिरा शाहका अनुसार तिहारमा हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनरसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ ।
उनले गुलियोको मात्रा बढी भएको खानेकुराहरु खाईरहेका हुन्छौं तिहारमा बढी प्रयोग हुने चिनी जसमा अत्यधिक काब्रोहाईडेटको मात्रा बढी हुने बताउँछिन् ।
उनले भनिन्, ‘हामीले परम्परागर्त रुपमा बनाउँदै आएका खानेकुरा खानुपर्छ तर त्यसको मात्रा छुट्याउँनुपर्छ । जस्तो सेलरोटी बनाउँदा चिनीको ठाउँमा मिश्री वा सखर मिसाएर बनाउँन सकिन्छ । चिनीमा पाईने काबोहाईटेडले हाम्रो स्वास्थ्यमा जटिल समस्या आउँने हुन्छ ।’
एक पटक खानेकुरा तारेर रहेको तेलको रंग पनि परिवर्तन भएको हुन्छ जसले हाम्रो गम्भिर स्वास्थ्य समस्या आउँने उनले बताईन् । उनले भनिन् ,खानेकुरा बनाएर रहेको तेल लामो समयसम्म खानेगरेको देखिन्छ जसले हाम्रो स्वास्थ्यमा जटिल समस्या आउँने हुन्छ ।
एक पटक प्रयोग गरेको तेल बढी चार घण्टासम्म मात्र प्रयोग गर्न मिल्ने उनले जानकारी दिईन् ।
उनका अनुसार तेल भन्दा घिण् प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुने बताउँछिन् । मधुमेह अथवा अन्य रोगका विरामीहरुको हकमा स्वास्थ्यमा ध्यान दिदै तिहार मनाउँने उनको स्झाब छ ।