काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा सुन्दरप्रसाद ह्योजुलाई प्राविधिक तर्फ एआईजीमा र प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण राणालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
डा ह्योजु प्रमुख नेपाल प्रहरी अस्पताल महाराजगञ्ज बढुवा गरिएको छ । नेपाल प्रहरीको अस्पतालको निर्देशक एआईजी रहने व्यवस्था छ । अस्पतालकी तत्कालीन निर्देशक डा. आशा सिंहले चार महिनाअघि अवकाश पाएकी थिइन् । प्रहरी अस्पतालमा चार महिनादेखि निर्देशक पद रिक्त थियो । डा ह्योजु एनेस्थेसियाका डाक्टर हुन् ।
त्यसैगरी, एआईजी राणालाई प्रदेश समन्वय विभाग नक्सालमा बढुवा गर्ने निर्णय भएको छ ।