रामेछाप । रामेछापमा गाडी दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ। शुक्रबार रामेछापको गोकुलगंगा गाउँपालिका ६ सिमलडाँडास्थित खिम्ती-बेताली सडकखण्डमा ना १ ज ७१२३ नम्बरको गाडी भिरबाट ३ सय मिटर तल खस्दा पाँच जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो।
मृतक पाँचै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल मन्थली लगिएको छ। मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, मन्थली नगरपालिका-१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की, गोकुलगंगा गाउँपालिका-५ का ३० वर्षीय कविता कार्की, उनकी छोरी ७ वर्षीया स्वस्तिका खड्का र गोकुलगंगा गाउँपालिका(४ बेलाती जोगीडाँडाकी २८ वर्षीया सविना गजमेर विक छन्। दुर्घटनामा घाइते भएका तीन जनालाई काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1