दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा एउटा काठको पुलबाट गाडी नदीमा खस्दा कम्तीमा आठ यात्रुको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ३ः०० बजे प्रान्तको ग्याजाब जिल्लाको बाहिरी भागमा रहेको काठको पुल भारी तौलका कारण भाँचिएर दुर्घटना भएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक आगा वली कुरिशीले बताए
पुलको जीर्ण अवस्था, ओभरलोडिङ र लापरवाही सवारीसाधन नै यस दुर्घटनाको मुख्य कारण हो ।पहाडी मध्य एसियाली देश अफगानिस्तानमा सडक दुर्घटनाहरू सामान्य छन् । प्रायः खराब ड्राइभिङ, भीडभाड, सडकहरूमा यात्रुहरूका लागि सुरक्षा उपायहरूको अभाव, चुनौतीपूर्ण भू–भाग र पुराना सवारी साधनहरूको कारणले गर्दा दुर्घटना हुने गर्छ ।
प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0