काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुलाउने भएको छ। आयोगले एक सुचना जारी गदैं यही मंसिर १७ गतेबाट परीक्षाका लागि आवेदन दिन सकिने जनाएको हो ।
आयोगले शैक्षिक सत्र ०८१/८२ मा चिकित्सा शिक्षामा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका तथा विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षामा मंसिर १७ गते देखि पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
भने पुस ७ गते देखि १४ गते अपरान्ह ४.०० बजेसम्म दोब्बर दस्तुर बुझाई अनलाइन आवेदन दिन सकिने छ। खआयोगले विषयगत आधारमा माघको २६, २७ र २८ गते परीक्षा लिने आयोगले जारी गरेको सुचनामा उल्लेख छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1