भोलि देखि सुरु हुने भनिएको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)को प्रथम राष्ट्रिय सम्मेलन स्थगित भएको भएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ र १४ असोजका लागि यो सम्मेलन तय गरेको थियो ।
काठमाडौँको सोल्टी होटलमा सम्मेलनको हुने कार्यक्रम रहेको थियो ।मन्त्रालयले सूचना जारी गर्दै केही दिन देखिको अविरल वर्षाका कारण उत्पन्न बाढी पहिरो डुवान लगायतका प्राकृतिक विपदले गर्दा जनजीवन गम्भीर रुपमा प्रभावित भएको र स्वास्थ्यकर्मीहरु अनवरत रुपमा स्वास्थ्य सेवामा खटिनुपर्ने भएकोले अर्को व्यवस्था नहुँदासम्मको लागि स्थगित गरिएको जनाएको छ ।
सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट अस्पतालका प्रतिनिधिहरु तथा अन्य सरोकारवाला पक्षहरु गरी करीव ३०० बढीको सहभागिता हुने बताइएको थियो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1