भक्तपुरमा आँंखाका बिरामीहरूको संख्या निरन्तर उकालो लाग्दै गरेको देखिएको छ । पछिल्लो १९ वर्षमा यहाँं आँंखाका बिरामीहरूको संख्या प्रत्येक वर्ष निरन्तर बढ्दो रहेको तथ्यांकले देखाएको हो ।

ख्वप तीलगंगा आँंखा अस्पताल च्याम्हासिंह भक्तपुरले राखेको तथ्यांकअनुसार यहाँं आउने बिरामीहरुको संख्या निरन्तर बढ्दो छ ।

अस्पतालले सन् २००६ बाट सेवा सुरु गरेको थियो । तथ्यांकअनुसार सेवा सुभारम्भ भएको पहिलो वर्ष सन् २००६ मा कुल दुई सय २१ जनाले सेवा पाएका थिए । यो क्रम बढ्दै अहिले वर्षमा ३१ हजार बढीले सेवा पाइरहेका छन् ।

तथ्यांकअनुसार सन् २००७ मा तीन हजार एक सय ६०, सन् २००८ मा चार हजार पाँंच सय २५, २००९ मा ६ हजार नौ सय ५३, २०१० मा सात हजार सात सय चार, २०११ मा सात हजार आठ सय ४३, २०१२ मा आठ हजार पाँच सय ३१, २०१३ मा ११ हजार चार सय ७४, २०१४ मा १३ हजार आठ सय ७८, २०१५ मा १४ हजार नौ सय ८७, २०१६ मा १५ हजार आठ सय २२, २०१७ मा १८ हजार ४८ जना, २०१८ मा २० हजार ४२७ जनाको तथ्यांकले प्रत्येक वर्ष निरन्तर बिरामीको संख्या बढ्दो देखाएको हो ।

त्यसको अर्को वर्ष अर्थात् सन् २०१९ मा पनि बढेर २५ हजार ७९४ जनाले सेवा लिए । त्यसपछि दुई वर्ष भने घटेको देखिएको छ । कोरोनाका कारण ती वर्षमा बिरामी आउने क्रम घटेको जनाइएको छ ।

सन् २०२० मा ११ हजार ६९१ जनाले सेवा पाए । यस्तै सन् २०२१ मा पुनः बढेर २० हजार ८९ जनाले सेवा पाए । त्यसपछि सन् २०२२ मा फेरि बढेर २५ हजार पाँंच सय ७३ रोगी उपचारमा आए । सन् २०२३ मा फेरि बढेर ३१ हजार दुई सय ७९ जनाले सेवा लिएका थिए । त्यसपछि  भने सन् २०२४ को नोवेम्भरसम्म २५ हजार तीन सय ९९ जनाले सेवा लिएको तथ्यांक छ । बीमाबाट चश्मा वितरण बन्द भएकाले पछिल्लो वर्ष सन् २०२४ मा सेवाग्राहीको संख्या घटेको जनाइएको छ ।

यहाँं नयाँं बिरामी चेकअपका लागि विशेषज्ञसहितिको सेवाको लागि प्रतिव्यक्ति रु. ८० र पुरानाका लागि रु ५० मात्रै टिकट शुल्क रहेको छ । अस्प

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0