महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नवलकिशोर सुडीले सय दिनमा गरिएका कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको जानकारी दिए । मन्त्रालयका सचिव दिनेश भट्टराईले राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारमा सरकार सधैँ चनाखो रहेको दाबी गरे । उनले कहिलेकाहीँ सेनाको हेलिकप्टर नपाउँदा वैकल्पिक व्यवस्था गरेर भए पनि सेवा प्रदान गर्दै आएको बताए ।
यस्तै, मन्त्रालयले सय दिनभित्र कार्यसम्पादन गरेका उपलब्धिमध्ये प्राकृतिक प्रकोपको विपतमा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिलाई मानसिक र शारीरिक राहत प्रदान रहेको मन्त्री सुडीले जानकारी दिए ।
प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0