काठमाडौं । पछिल्लो समय ४० वर्षमुनिका युवामा रक्तचाप अचानक बढ्ने गरेको देखिएको मुटुरोग विशेषज्ञहरु बताउँछन् । विशेषज्ञहरुका अनुसार यसको मुख्य कारण नै मानसिक तनाव मानिएको छ ।

देशमा व्याप्त राजनीतिक र सामाजिक परिस्थितिले युवामा एकातिर तनाव बढ्दो छ भने अर्कोतिर खानपिन, जीवनशैली पनि स्वस्थकर छैन ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मुर्ति अनिलका अनुसार जाडोमा धेरै चिल्लो खाना खाने र निष्क्रिय दैनिकीका कारण पनि रक्तचाप तथा मुटुरोगको जोखिम बढ्छ ।

रक्तचाप र मुटुरोगको जोखिम बढ्नुको मेडिकल आधार चिसोले शरीरका रक्तनलीहरु सँँगुरो हुन्छ । रगत बाक्लो हुने सम्भावना बढ्छ । चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन वा हर्मोनहरू बढ्ने गर्दछ ।

उनले जाडो छल्न भन्दै बढ्ने चुरोट र मदिरापानमा नियन्त्रण गुमाउँदा धेरै मानिसमा मुटुको जोखिम बढ्ने र कसैकसैको यही बेला हृदयाघात भई मृत्यु पनि हुने गरेको बताए ।
कसरी बच्ने
पानी प्रशस्त पिउने
धेरै चिल्लो खानेकुरा नखाने
मदिरा र चुरोट सेवन नगर्ने
सुगर, प्रेसर, कोलेस्ट्रोलको राम्रो नियन्त्रण गर्ने
औषधिको नियमित प्रयोग गर्ने

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0